मङ्लबार, बैशाख २५, २०८१

थ्रेस होल्ड’को सीमा पार गर्ने दलको सख्या ७ पुग्यो

सदर मतको तीन प्रतिशत र प्रत्यक्षतर्फ एक सिट प्राप्त गर्ने दललाइ मात्र राष्ट्रिय दलको मान्यता

काठमाडौं मंसिर १३ ,
निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा खसेको [६१ प्रतिशत लगभग एक करोड नौ लाख ]मत मध्ये सदर मतको कम्तीमा तीन प्रतिशत मत र प्रत्यक्ष तर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता सहितको   सेवा सुविधा प्राप्त  गर्ने जनाएको छ।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणाली तर्फ सहभागी ४८ दलमध्ये पछिल्लो समानुपातिक निर्वाचन प्रणाली तर्फको ९८ लाख आठ हजार नौ सय २७ मत गणना हुँदा प्राप्त मत गणनाको परिणाम अनुसार सम्पन्न निर्वाचन मार्फत सात दलले मात्र थ्रेस होल्ड’ सीमा पार गरिसकेको छ भने बाँकी केहि दल थ्रेस होल्ड’ सीमा पार गर्ने तरखरमा रहेको जनाएको छ ।

प्राप्त मतपरिणाम अनुसार एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा नेपाल र जनमत पार्टीले गणना भएको मतबाट तीन प्रतिशत भन्दा बढी मत कटाएका छन् । पछिल्लो मतगणनाको तथ्याङ्कको आधारमा नेकपा एस दुई लाख ७६ हजार नौ सय ११ र राष्ट्रिय उन्मुक्ति पार्टीले दुई लाख ४६ हजार ८३ मत प्राप्त गरेका छन् । यसवीचमा थ्रेस होल्ड’ सीमा पार गर्नका लागि गणना हुनबाँकी मत मध्येबाट अपेक्षा अनुसार मत प्राप्त् भएमा केहि दलका लागि थ्रेस होल्ड कटाउन सहज हुने अन्था प्रत्यक्षतर्फ १ वा सोभन्दाबढि सिट जिते पनि राष्ट्रिय दलको मान्यता प्राप्त गर्न नसक्ने अवस्था देखिएको छ।

 स्मरण रहोस,  २०७४ समानुपातिक निर्वाचन प्रणालीमा तर्प सहभागी विभिन्न दलमध्ये प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाँच दलले निर्वाचन ऐनले तोकेको थ्रेस होल्ड पार गरी काँग्रेस एमाले माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरमलेमात्र राष्ट्रिय दलको मान्यता पाएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031