बुधबार, बैशाख २६, २०८१

सार्वजनिक यातायात प्रणालीलाई भरपर्दो बनाउन यातायात प्राधिकरणको स्थापना : महानगर प्रमुख साह

काठमाडौँ कार्तिक २७
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौँको सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनका लागि जारी भएको काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण ऐनको तत्काल कार्यान्वयन गर्दै प्राधिकरणको स्थापना गर्दै सडक सुरक्षासंगै सार्वजनिक यातायात प्रणालीलाई भरपर्दो बनाउनु पर्ने बताउनुभएको छ।
काठमाडौँ महानगरसँगको सहकार्यमा सडक सुरक्षा परिषद, सडक सुरक्षा समाज र रोटरी क्लव अफ दरबारमार्गले आयोजना गरेको कार्यशालामा महानगर प्रमुख साहले सवारी सञ्चालकहरुवीचको अस्वस्थ्य प्रतिस्पर्धा संगै ठूला २ सय सार्वजनिक सवारीले पुग्ने काठमाडौँको चक्रपथमा २ हजार सवारी गुड्ने गरेको बताउँदै पिक एण्ड ड्रपको माध्यमबाट जसले जति यात्री बोके पनि आयमा असर नपर्ने वातावरण सिर्जना गर्न सके अनियन्त्रित गतिमा गुड्ने सवारीको गतिमा नियन्त्रणसंग सडक दुर्घटना समेत कम हुने बताउनुभयो ।

स्मरण रहोस, नेपालमा प्रति १ लाख व्यक्तिमध्ये ९ दशमलव ४ प्रतिशत व्यक्तिमा दुर्घटनाजन्य क्षति भएको तथ्याङ्क छ । यसबाट हरेक बर्ष करीव ३ हजार व्यक्तिले ज्यान गुमाउँछन् भने करीव ६ हजार व्यक्तिले गम्भीर प्रकृतिको चोटपटकको सामना गरिरहेका छन् । विश्वमा हरेक २४ सेकेण्डमा १ जना व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाइरहेको तथ्याङ्क रहेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031