शनिबार, बैशाख ८, २०८१

रास्वपार्टीको चुनावी अभियानको गाडी तोडफोड

काठमाडौं कात्तिक २७,
राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानको गाडीमा आक्रमण भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा चुनावी अभियानका क्रममा रवि लामिछानेको चुनावी अभियानको गाडीमा आक्रमण भएको प्रहरीले जनाएको छ ।

रवि सवार गाडीभन्दा पछाडि रहेको गाडीका आक्रमण भएको हो । को कसले र किन आक्रमण गरेको सो सम्बन्धमा आवश्यक छानविन भइरहेको जनाउँदै प्रहरीले ढुंगामुढा सहितको आक्रमणबाट सवारी चालक र एकजना सहयोगी सामान्य घाइते भएसंगै गाडीमा क्षति पुगेको जनाएको छ ।

तर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले आफ्नो पक्षमा जनतमबनेसंगै अत्तालिएका गठबन्धनका कार्यकर्ताहरूले आक्रमण सहित गाडी तोडफोड गरेको आरोप लगाएका छन् ।