मङ्लबार, बैशाख २५, २०८१

लेदो माटोसहितको पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध

काठमाडौं साउन १६,
केहि दिन यतादेखिको अविरल वर्षाका कारण लेदो माटोसहितको पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने छोटो मार्ग भैँसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएसंगै सो मार्गमा बाट हेटौँडाबाट –काठमाडौ आउँदै गरेका र काठमाडौबाट हेटौँडा जाँदै गरेका यात्रु अलपत्र परेका छन ।

इलाका प्रहरी कार्यालय भीमफेदीले आज दिउँसो भीमफेदी गाउँपालिका–२ स्थित भैँसे–भीमफेदी सडकखण्डमा माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि यातायात अवरुद्ध भएको र यात्रुहरु घण्टौं अलपत्रमा परेको जनाएको छ ।

पहिरोका कारण सडक आवागमन अवरुद्ध हुँदा हेटौँडातर्फ आउने सवारीसाधन भीमफेदीमा र विपरीत दिशाबाट जाने सवारीसाधन भैँसेमा रोकिएका जानकारीदिदै इप्रका भीमफेदीले आवागमन सुचारु गर्न सडकखण्डमा खसेको पहिरो पन्छाउने काम तत्काल शुरु गरिएको जनाएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2022
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031