आइतवार, बैशाख ३०, २०८१

गाई चुनाव चिह्न नदिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

 काठमाडौं साउन ९,
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र डा कुमार चुँडालको संयुक्त इजलासले कमल थापा अध्यक्ष रहनुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘गाई’ चुनाव चिह्न प्रदान नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको छ ।

आयोगको गत असार २७ को देशको राष्ट्रिय जनावर र हिन्दू धर्मसँग जोडिएको उल्लेख गर्दै थापा अध्यक्ष रहनुभएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चुनाव चिह्न दिन अस्वीकार गरेपछि अध्यक्ष थापाले आयोगको उक्त निर्णयविरुद्धमा थापाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

त्यस्तै अदालतले दायर रिटको आज सुनवाइ गर्दै जारी आदेशमा प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकले माग गरेको निर्वाचन चिह्न अन्य कुनै दललाई प्रदान नगर्न रअन्य कुनै दललाई पनि प्रदान नगर्नु आदेशमा भनिएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930