मङ्लबार, बैशाख २५, २०८१

ज्ञानको वृहत  रक्तदान

काठमाडौ असार २५,
ज्ञानोदय माविका पूर्व विद्यार्थीहरुको संगठन ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपाल ज्ञान द्वारा आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत आज राजधानीमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

बढ्दो रक्तभावको समस्यालाइ दृष्टिगत गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रममार्फत ६४ पिण्ट रक्त संकलन गरिएको थियो । त्यस्तै कार्यक्रममा नेशनल हस्पिटल, सरोवर पोलिक्लिनिक, साझा स्वास्थ्य सेवाका को सहकार्यमा ग्यास्ट्रो, नाक, कान, घाँटी, दाँत, रक्तचाप तथा मधुमेह समेत नि:शुल्क परिक्षण गरिएको थियो ।

ज्ञानकी उपाध्यक्ष निरु महर्जनको  स्वागत अभिव्यक्ति सहित शुभारम्भ भएको उक्त कार्यक्रममा संस्थाका सचिव राम महर्जनद्वारा कार्यक्रम आयोजनाको उपादेयता बारे प्रकाश पार्नु भएको थियो । त्यस्तै गरी ज्ञानका अध्यक्ष रूपचन्द्र पन्तले कार्यक्रम सफल पार्न सहयोग गर्ने स्वयमसेवी रक्तदाता, सहयोगी संस्था , अतिथिसंगै सहकार्य गर्ने संघसंस्थाप्रति आभार व्यक्त गर्दै कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र,  मायाको चिनो प्रदान गर्नु भएको थियो ।

रक्तदान कार्यक्रममा महानगर वडा न १४ का वडाध्यक्ष सुमन श्रेष्ठ, स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्य , डा मनिता राजकर्निकार ,प्रतिनिधि सभा सदस्य अंजना विशंखे काठमाडौं जिससका सभापति सन्तोष बुढाथोकी, प्रहरी नायव उपरीक्षक अनिल कुमार घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930