आइतवार, बैशाख २३, २०८१

नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपी बढुवामा [सूची सहित]

काठमाडौ असार २५ ,
नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपी बढुवामा सिफारिस गरिएको छ । बढुवा समितिको शनिबार बसेको बैठकले प्रहरी नियमावली, २०७१ [संशोधन सहित] को नियम २७ को उप-नियम[४] बमोजिम उनीहरूको बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले जारी  गर्नुभएको सूचनामा उल्लेख गरिएको छ।

बढुवा सिफारिस हुनेहरुमा गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, दानबहादुर कार्की, डा मनोजकुमार केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य र अरुण पौडेल रहेका छन् ।

यस्तै गोविन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, दिल्लीराज विष्ट, मनोजकुमार यादव, रेवती ढकाल, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलीपसिंह देउवा, विनोद घिमिरे, किसनसिंह थापा, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जिव शर्मादास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरी रहेका छन् ।