आइतवार, बैशाख २३, २०८१

स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिन गर्ने माओवादी स्थायी कमिटीको निर्णय

काठमाडौ असार २५ ,

सत्ता साझेदार दल एकीकृत माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको स्थायी कमिटी बैठकले स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिनदेखि विद्यार्थी संगठनमा चुलिएको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ ।

त्यस्तै पार्टी प्रवक्ता कृष्णबहादुर महराले आजको बैठकले क्रमस १, स्थानीय तह निर्वाचनमा घात अन्तरघात गर्ने व्यक्ति उपर छानबिनका लागि अनुशासन विभागका संयोजक टंक राईको अध्यक्षतामा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको समिति गठन गरिएको जानकारी दिनुभयो ।

त्यस्तै उहाँले पार्टीको विद्यार्थी संगठनमा पछिल्लो समय चुलिएको समस्या समाधान गर्न पूर्व विद्यार्थी नेताहरु रेमश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेको सुझाव समिति गठन गरिएको जानकारीदिनुभयो ।

त्यस्तै उहाँले प्रदेश कमिटी र केन्द्रीय समितिबीच समन्वय कायम गर्न इन्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति गठन संगै प्रदेशहरूमा प्रशिक्षण र बैठक बस्ने निर्णय भएको जनाउनुको अलावा प्रदेश प्रशिक्षण अन्र्तगत १८ साउनमा गण्डकीमा, २० साउन प्रदेश १ मा, २४ साउनमा लुम्बिनी, २८ साउनमा सुदूरपश्चिममा, २९ साउन कर्णालीमा, ३० साउन विशेष, १ भाद्र सम्पर्क समन्वय, ३ भाद्रमा मा प्रवास बैठक सम्पन्न गर्ने माओवादी स्थायी कमिटी बैठकले गरेको बताउनुभयो ।