बुधबार, बैशाख २६, २०८१

अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री देउवालाई

काठमाडौं असार २२,
बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीको पदबाट राजीनामाको घोषणा गर्नुभएसंगै संविधानको धारा ७७ को उपधारा [२] को खण्ड [क] बमोजिम  राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई तोक्नुभएको छ ।

अर्थमन्त्री शर्माले राजीनामा दिनुभएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी  विज्ञप्तिमार्फत् जानकारी दिनुभएको हो ।

गत जेठ १४ गते राति बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा बोलाएर अर्थमन्त्री जनार्दन शर्माले करको दरमा हेरेफेर गरेको आरोप खेप्दै आएका अर्थमन्त्री शर्माले यसवीचमा आफुमाथि लागेको  आरोपको खण्डन गरेपनि  प्रतिपक्षीदल  लगायत सदन देखि सडक सम्म अनेकन टिकाटिप्पणीभएसंगै उहाँले आफुमा माथि लागको आरोपको छानविनका लागि गठन भएको ११ सदस्यीय संसदीय विशेष छानबिन समितिलाई छानबिन गर्न सजिलो होस् भनी पदबाट राजीनामा दिएको घोषणा गर्नुभएकोहो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930