शुक्रबार, बैशाख १४, २०८१

आयोगको तर्फबाट आगामी मङ्सिर २ गते प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति सिफारिस

काठमाडौं असार २२,
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सरकारलाई आगामी मङ्सिर २ गते एकै चरणमा गर्नेगरी मिति सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोगका पदाधिकारीवीच भएको भेटवार्ताको क्रममा आयोगले  निर्वाचनको मिति सो सिफारिस गरेको हो ।

प्रम देउवार आयोग पदाधिकारीवीच   भएको भेटवार्ताको क्रममा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, मुख्य सचिव शङ्करदास बैरागी लगायतको सहभागिता रहेको थियो भने आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरु ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा.जानकीकुमारी तुलाधर, सगुनशमशेर राणा, आयोगका सचिव गोकर्णमणि दुवाडी लगायतको सहभागिता रहेको सहभागिता रहेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएकोछ ।