मङ्लबार, बैशाख १८, २०८१

असार २७ मा बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकमा आसन्न निर्वाचन केन्द्रीत छलफल हुने

 काठमाडौं असार १६,
सत्तारुढदल नेपाली काँग्रेसले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आव्हान गरेको छ । आगामी असार २७ गते बस्ने गरि आव्हान गरिएको काँग्रेस केन्द्रीय समितिको यसपटकको बैठक मुलत गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन—२०७९ को समीक्षा संगै आगामी संघ र प्रदेश तहको निर्वाचन केन्द्रीत हुने काँग्रेस मुख्यालले जनाएको छ।

काँग्रेस मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी विज्ञप्तिमा निर्वाचन आयोगले प्रदेश र संघको चुनावको मिति तोक्नका लागि सरकारलाई सुझाव दिइसकेको अवस्थामा उक्त चुनावका बारेमा पनि छलफल जानकारी सहति बैठकमा अनिवार्य उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई निर्देशानुसार अनुरोध गरिएको छ ।