काठमाडौं असार १६,
लोकतन्त्रवादी पत्रकारहरुको छातासंगठन नेपाल प्रेस युनियनको ९ ओैं राष्ट्रिय महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौंडामा हुने भएको छ । महाधिवेशनको पूर्वतयारी एवम् सचिवालय स्थापना संगै युनियन केन्द्रीय समितिले आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिएको हो ।
त्यस्तै महाधिवेशन आयोजनार्थ स्थापना गरिएको सचिवालयको उद्घाटन गर्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लोकतन्त्र र प्रजातन्त्रको रक्षा गर्ने पत्रकारको समाजमा महत्वपूर्ण भूमिका रहेको जनाउ सहित पार्टीको शुभेच्छुक संस्था यसनियनको युनियनको महाधिवेशन सम्पन्न गर्न पार्टीले सबै प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो ।
त्यस्तैपत्रकार सम्मेलनमा बोल्दै प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले यसअघि पटक पटक मिति घोषणा भएर पनि विविध कारणले युनियनको महाधिवेशन सर्दै आएको जनाउ सहित यसपटक साउनको पहिलो साता युनियनका देशभरका करिब १ हजार पाँच सय प्रतिनिधि र अतिथिहरुको सहभागितामा महाधिवेशन भव्य रुपमा सम्पन्न हुने बताउनुभयो ।