मङ्लबार, बैशाख १८, २०८१

नेकपा एसका नव नियुक्त मन्त्रीपरिषद सदस्यहरूले आज शपथ लिँदै

काठमाडौं असार १३ ,
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गर्नुभएको मौजुदा  मन्त्रिपरिषमा नयाँ जिम्मेवारी प्राप्त गर्नु भएका नेकपा एकीकृत समाजवादीका मन्त्रीपरिषद सदस्यहरूले आज शपथ लिँदै छन् ।

एकीकृत समाजवादीले सरकारमा यसअघि सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाएको हो । नयाँ मन्त्रीहरूमा काठमाडौं निर्वाचन क्षेत्र न ८ बाट  संसद सदस्य रहेका जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । त्यसै गरी राज्यमन्त्रीमा हिराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रहेका छन् ।

समाजवादीका मन्त्रीहरू पर्यटनमन्त्री प्रेम आले , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमार झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता भएको हो ।