मङ्लबार, बैशाख १८, २०८१

यस्तो छ २४ सदस्यीय पुर्नगठित मन्त्रिपरिषद्को कार्यविभाजन [सूचीसहित]

काठमाडौं असार १२ ,
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज साँझ जारी विज्ञप्तिमा प्रम शेरबहादुर देउवाको नेतृत्वमा रहेको मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम देहायअनुसार नियुक्ति र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको उल्ल्ेख गरिएको छ ।

मन्त्रिपरिषद्को यसअघिको संरचनामा भएको आज भएको हेरफेर र कार्यविभाजन संगै मपको संरचनामा प्रधानमन्त्री, २० मन्त्री र तीन राज्यमन्त्री सहित २४ सदस्यीय कायम भएको छ। त्यस्तै नवनियुक्त मन्त्रीको शपथ सोमबार बिहान ११ बजे हुने जानकारी राष्ट्रपतिको कार्यालयले जनाएको छ।