मङ्लबार, जेष्ठ १, २०८१

गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध :प्रम देउवा

तस्वीर :रत्न श्रेष्ठ

काठमाडौं जेठ १५ ,
१५ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित औपचारिक कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आलै स्थानीय तहको निर्वाचन सम्पन्न भएको र अव बाँकी दुइृ तह अर्थात संघ र प्रदेशको निर्वाचन समेत सफलता पूर्वक सम्मपन्न गर्दै मुलुकको संविधानले परिकल्पना गरेको गणतन्त्रको संस्थागत कार्यान्वयनमा नयाँ आयाम कोर्दै मुलुकमा जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ।

त्यस्तै उहाँले २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउने घोषणा गरेको थियो । जनआन्दोलनको बलमा युगौंदेखिको राजतन्त्रात्मक प्रणालीको अन्त्य गरी देशमा गणतन्त्र घोषणा गरिएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते नेपालमा मनाउन थालिएको गणतन्त्र दिवसको औपचारिक कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा प्रम देउवाले समृद्ध मुलुक निर्माणका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य हुनु जरुरी रहेको  बताउनुभयो  ।

साथै उहाँले सबै नागरिकलाई समान हक, अवसर र हैसियत प्रदान गर्ने यस बहुदलीय प्रतिस्पर्धामा आधारित शासन व्यवस्था संसारकै उत्तम शासन व्यवस्थामध्ये भएकाले यस शासन प्रणालीको स्थापनापछि मुलुकमा राजनीतिक स्थिरता कायम भई देश आर्थिक समृद्धिको यात्रा अघि बढेको बताउँदै लोकतन्त्रमा राजनीतिक दलका फरक धारणा र विचारहरु हुनु स्वभाविक हो तापनि महत्वपूर्ण राष्ट्रिय मुद्दाहरुमा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्र मुलुकको विकासको पथमा अघि बढाउन र राष्ट्रिय एकताको जगलाई थप मजबुत बनाउन सकिने बताउनुभएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30