बुधबार, मंसिर २०, २०८०
Dashain

आज देशभर १५ औं गणतन्त्र दिवस विविध कार्यक्रम सहित मनाइदैँ

काठमाडौं जेठ १५ ,
आज १५ औं गणतन्त्र दिवस, मुलुकभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउने घोषणा गरेको थियो । जनआन्दोलनको बलमा युगौंदेखिको राजतन्त्रात्मक प्रणालीको अन्त्य गरी देशमा गणतन्त्र घोषणा गरिएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते नेपालमा गणतन्त्र दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा आज राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यमा निक मञ्च टुँडिखेलमा आयोजित औपचारिक कार्यक्रम  वर्षाका कारण प्रभावित बनेको थियो । कार्यक्रमलाइ प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका राजनेताले सम्बोधन गर्ने कार्यक्रमसंगै  नेपाली  सेनाको हेलिकोप्टरबाट पृष्पवृष्टिसहित शुभारम्भ भएको सो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यसअघि १४ औं गणतन्त्र दिवसको मनाउँने क्रममा नयाँ भेरियन्टसहितको कोभिड महामारीबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दै दिवस मनाइएको थियो ।

विसं २०६१ माघ १९ गते तत्त्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीका बीच भएको १२ बुँदे समझदारी पछि मुलुकमा अग्रगामी परिवर्तनको सुरु भएको जना आन्दोलन आन्दोलनको बलमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गर्नुभयो ।

त्यस्तै यहि आन्दोलनको जगमा नेपाली ‘म्याग्नाकार्टा अर्थात विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्दै बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गर्नेसम्मको काम भएको थियो । त्यसपछिका समयक्रममा विसं २०६४ चैत २८ गते भएको पहिलो संविधानसभा निर्वाचन र पछि २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत अन्त्य गरेपनि संविधमन भने जारी गर्न सकेनन ।

तर विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान  पछिल्लो समय संस्थागत रुपमा कार्यान्वयनमा रहेको छ । त्यस्तै दिवसको अवसरमा राष्ट्रप्रमुख, सरकार प्रमुख तथा विभिन्न राजनीतिक दलका नेताहरुले शहीदप्रति सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30