मङ्लबार, बैशाख १८, २०८१

पत्रकार परिचय पत्रको आधारमा समाचार संकलन गर्न पाइने

काठमाडौं बैशाख २८,
सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रको आधारमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको समाचार संकलन गर्न सकिने भएको छ।
यसअघि समाचार संकलन र सवारीको लागि विशेष पासको व्यवस्था गरिएपनि पास प्राप्तिको क्रममा देखिएको अनेकन उल्झनका कारण पत्रकार महासंघले निर्वाचन आयोगको ध्यानाकर्षण गराएसंगै पत्रकार विशेष पासको व्यवस्थालाइ संशोधन गर्दै विशेष पास नचाहिने र विभागबाट जारी परिचयपत्र नभएका सञ्चारकर्मीको हकमा भने सञ्चार गृहले सिफारिस गरेका आधारमा पास उपलब्ध गराउने व्यवस्था गरेको हो ।

यसअघि विभागको परिचपत्र वाहकलाइ विभागको सिफारिसमा आयोगले पास वितरण गर्दै आएको थियो । तर महासंघको ध्यानाकर्षण पछि आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले विभागले जारी गरेको पत्रकार परिचय पत्र भएकाले विशेष पास लिनु पर्ने नितिगत व्यवस्था कायम भएको गरिएके जानकारी छैन ।