शुक्रबार, चैत्र १६, २०८०

राजधानीको विभिन्न स्थानमा मतदानस्थल तथा मतदान केन्द्र निर्माण गर्ने कार्य हुँदै

काठमाडौं वैशाख २९,
देशचरका ७५३ स्थानस्त तहका लागि एकै चरणमा शुक्रवार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजधानीको विभिन्न स्थानमा मतदानस्थल तथा मतदान केन्द्र निर्माण गर्ने कार्य भइरहेको छ ।

आज साँझसम्म सबै मतदानस्थल र मतदान केन्द्रको निर्माण पूरा गरी शुक्रबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको थालनी गर्ने तयारी रहेको काठमाडौं जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै निर्वाचनका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । यसमध्ये काठमाडौं महानगरपालिकाका लागि १५६ मतदानस्थल र ३६३ मतदान केन्द्र तोकिएको जानकारी जिल्ला निर्वाचन कार्यालय काठमाडौंले दिएको छ।