मङ्लबार, बैशाख २५, २०८१

यस अघिको निर्वाचनमा बन्दसूची रहेकाले उम्मेदवारी दिनुपूर्व नाम हटाउनुपर्ने

काठमाडौं बैशाख ९,
आसन्न स्थानीय तह निर्वाचका लागि निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन वा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम कायम रहेको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन चाहेमा वैशाख १० गते भित्र प्रक्रिया पु-याई बन्दसूचीबाट नाम हटाउन आग्रह गरेको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै बन्दसूचीमा नाम रहेसम्म स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन नपाउने भन्दै यस्तो हाग्रह गरेको हो ।

त्यस्तै विज्ञप्तिमा मनोनयन गर्ने राजनीतिक दलले निर्णय गरी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न तोकिएको मितिको अघिल्लो दिन अर्थात २०७९ बैशाख १० गते भित्रमा प्रक्रिया पु¥याई आयोगमा लेखी पठाएमा उम्मेदवारको बन्दसूचीबाट त्यस्तो व्यक्तिको नाम हटाउन आयोग तयार रहेको उल्लेख गरिएको छ।

साथै सम्बन्धित ऐनमा रहेको व्यवस्था बमोजिम उम्मेदवार मनोनयन गर्ने दलले निर्णय गरी पठाएको अवस्थामा बाहेक सम्बन्धित उम्मेदवारले निवेदन दिएको वा अन्य दलले निर्णय गरी पठाएको आधारमा बन्दसूचीबाट नाम हटाउन नसकिने   समेत   उल्लेख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031