शनिबार, बैशाख ८, २०८१

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सर्यो

काठमाडौं बैशाख १०, 
नेपाली काँग्रेसको आज बिहान ११ बजेका लागि तय भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ । आसन्न स्थानीय तह निर्वाचनको लागि महानगर उपमहानगरका लागि उम्मेदवारतयसंगै अन्य विषयगत एजेन्दामा छलफल गर्न बोलाइएको बैठक सारिएको हो ।

 पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विहान वोलाइएको बैठक नेताहरुको व्यस्ताका कारण दिउँसो ३ बजेलाई सारिएको जानकारी दिनुभयो । यसअघि शुक्रबार दिउँसो २ बजेको लागि बोलाइएको बैठक शनिबार बिहान ११ बजे बस्ने गरि सारिएको थियो ।