मङ्लबार, बैशाख १८, २०८१

काँग्रेस बागमती प्रदेशमा सदस्यहरुको मनोनयन ,कुन जिल्लाबाट को-को परे ?

काठमाडौं चैत ६ ,
नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आफु नेतृत्वको कार्यसमितिलाइ पूर्णता दिनुभएको छ। सभापति बानियाँले विभिन्न जिल्लाका सदस्यलाइ कार्यसमितिसदस्यमा मनोनयन गर्दै कार्यसमितिलाइ पूर्णता दिनुभएको हो । सभापति बानियाँले क्रमस निमा लामा [सिन्धुपाल्चोक], कृष्णलाल भँडेल[भक्तपुर], सन्तबहादुर प्रजा [मकवानपुर], प्रभात तामाङ [रसुवा], कल्पना नेपाली [नुवाकोट], तिलकप्रसाद रुवाली [धादिङ], छिरिङ दोर्जे लामा [काठमाडौं], अर्जुन न्यौपाने [नुवाकोट], कैलाश कोइराला [चितवन], लाइ मनोनयन गरिएको छ ।

त्यस्तै राजु खरेल [काठमाडौं], गौरी दवाडी [काठमाडौं], रमेशकुमार बखती [ललितपुर], हरिहर अधिकारी [काठमाडौं], राजेश महर्जन [ललितपुर], प्रभुराम श्रेष्ठ [दोलखा], भगवतीकुमारी खड्का [काठमाडौं] लाई बाग्मती प्रदेश कार्यसमितिको सदस्यमा मनोनयनगर्नु भएको पदेश समितिका मुख्य सचिव राजुनेपालले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।