बिहिबार, बैशाख १३, २०८१

सात वटा एयरलाइन्सलाइ बाँकी बक्यौता बुझाउन प्राधिकरणको साताव्यापी अल्टिमेटम

काठमाडौं चैत ६ ,
नेपाल नागरिक उड्डयन प्राधिकरणले पटकपटक ताकेता गर्दा पनि बाँकी बक्यौता नतिर्ने एयरलाइन्सलाइ बक्यौता रकम र्तिका लागि अन्तिम पटक सार्वजनिक सूचना जारी गरेको छ। प्राधिकरणले यसरी बक्यौता रकम बुझाउन ताकेता गरेको एयरलाइन्स हाल सञ्चालनमा नरहे पनि तत्कालीन वक्यौता बुझाउन बाँकी एयरलाइन्स कम्पनीमा क्रमस नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप रहेका छन् ।

यीमध्ये नेकोन एयरको रु चार करोड ७२ लाख २५ हजार ३४३, शिवानी एयरले रु ५५ लाख ५१ हजार ५३, गोरखा एयरको रु २० लाख ३५ हजार २९ रहेको छ । त्यस्तै कस्मिक एयरले रु तीन करोड ४७ लाख ५८ हजार ७०, स्काइलाइन एयरवेजले रु सात लाख ८० हजार ४०० एयर काष्ठमण्डपले रु सात लाख ३८ हजार ४४७ र माउण्टेन एयरले रु छ लाख १० हजार ८३४, रहेको जनाएको छ।

त्यस्तै बक्यौता रकम नबुझाउने एयरलाइन्सलाइ अन्तिम पटक पुन तोकता गरिएको जनाउ सहित प्राधिकरणले अव कानूनी दायरामा लिदै सम्बन्धित एयरलाइन्सका सञ्चालकलाई विदेश भ्रमण र बैंक खाता रोक्काको कारवाही गरिको जनाएको छ। त्यसपछि पनि बक्यौता नतिरेमा मुलुकको कानुन वमोजिम सञ्चालकको जायजेथाबाट बाँकी बक्यौता असुल उपर गर्ने सम्मको तयारी प्राधिकरणले गरेको बुझिएको छ।