मङ्लबार, बैशाख १८, २०८१

पीसीआर र एन्टीजेन गरि ५१ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौं चैत ४,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा दुई हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ३ हजार ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ जना गरि कुल ५१ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा ३९२ जनाले कोभिड मुक्त भएको र मृत्यु परिणाम भने शून्य रहेको जनाएको छ । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ९९६ रहेका छन भने २९ हजार ३९० जनाले कोभिड विरुद्ध खोप लगाएको जानकारी दिएको छ ।