मङ्लबार, बैशाख १८, २०८१

आइतबारदेखि मौसमी प्रणालीको उतारचढावमा क्रमिक रुपमा सुधार आउने

काठमाडौं माघ २२ ,
मौसम पूर्वानुमान महाशाखाले मुलुकमा बढ्दो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसमी प्रणालीमा हुँदै आएको उतारचढावमा आइतबारदेखि क्रमिक रुपमा सुधार आउने जनाएको छ । यद्यपी आइतबार देशभर आंशिक बदली रहे पनि मौसम भने सामान्यतया सफा रहने जनाएको छ ।

महाशाखाको मौसम बुलेटिन अनुसार आज देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना औल्याएकोछ ।

त्यस्ते हाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको जनाएको छ ।

साथै देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेो छ भने देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका भूभागमा मौसम सामान्यतया सफा रहने जाएके छ ।

यसैवीच बढ्दो मौसमी प्रतिकुलताकावीच पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आइएफआर प्रविधिबाट आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान सञ्चालन भइरहेको विमानस्थलले जनाएको छ ।