मङ्लबार, बैशाख १८, २०८१

राहदानीको अनलाइन फर्म कीर्ते गर्ने कार्यमा संलग्न ३ अभियुक्त पक्राउ

काठमाडौं, २२ माघ
महानगरीय प्रहरी वृत्त कालिमाटी प्रहरीले राहदानीको अनलाइन फर्म कीर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं सोल्टिमोड बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएका ३५ वर्षीय दिनेश तामाङ, काठमाडौं टोखा बस्ने लम्जुङ बेसीसहर गाउँपालिका घर भएका ४० वर्षीय नविन कुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका(१२ चनौटे घर बताउने ३६ वर्षीय यम बहादुर थापा मगर रहेका छन् ।

काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्‍वरस्थित राहदानी बिभागको हाता बाहिर राहदानीको अनलाइन फर्मको कीर्ते गरी सेवाग्राहीहरुबाट रकम असुल उपर गरेको भन्ने सूचनाको आधारमा उक्त कार्यमा संलग्न प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तको साथबाट नगद ४० हजार रुपैयाँ, १ थान कम्प्युटर, १ थान ल्यापटप, १ थान प्रिन्टर र ५० थान कीर्ते गरिएका कागजपत्र समेत बरामद गरेको जनाउदै उनीहरु उपर कीर्ते गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।