मङ्लबार, बैशाख २५, २०८१

सत्तासाझेदार दलको बैठक: कानूनविदहरुसँग परामर्शपछि स्थानीय निर्वाचनको मिति तोक्ने निर्णय

प्रम देउवाद्दारा शनिबार बिहान ९ बजेका लागि निर्वाचन केन्द्रीत सर्वंदलीय बैठक आव्हान

काठमाडौं माघ ७,
आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सक्तासाझेदार दलको गठबन्धन संयन्त्रको बैठकले स्थानीय चुनाव कहिले गर्ने भन्नेबारे कानूनविदहरुसँग परामर्श गर्ने निर्णय गरेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गदै सरकारका प्रवक्ता ज्ञानेन्द्रवहादुर कार्कीले संविधानले तोकेको व्यवस्था बमोजिम चुनाव सम्पन्न गर्न सरकार तयार रहेको र त्यहि तयारी अनुरुप कानूनविदहरुसँग परामर्शपछि निर्वाचनको मिति तोक्ने जनाउ दिनभएको छ।

यसैवीच प्रम देउवाले स्थानीय तह निर्वाचन केन्द्रीत हुँदै शनिवार विहान ९ बजे बस्ने गरि सर्वदलीय बैठक बोलाएका छन् । सत्ता साझेदार गठबन्धन संयन्त्रको बैठकपछि प्रधानमन्त्रीले शनिबार बिहान ९ बजेका लागि सर्वंदलीय बैठक वोलाउनु भएको हो ।

यद्यपी प्रम देयवाले आव्हमन गर्नुभएको सर्वदलिय बैठकमा प्रमसख प्रतिपक्षीदल एमालेको सहभागीतलाइ लिएर राजनैतिकवृतमा अनेकन टिप्पणी शुरु भएको छ। यसअघिका प्राय सवै बैठकमा माधव नेपाल नेतृत्वको दल नेकपा एस पाटीृको सहभागिता रहेकै कारण वहिष्कार गर्दै आइरहेका एमालेले शनिवारको सर्वंदलीय बैठकमा जाने वा नजाने विषयमा यो समाचार तयार पार्दा सम्म कुनै अभिमत सार्वजनिक गरेका छैन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31