बिहिबार, बैशाख ६, २०८१

हिंसा भड्काउने अभिव्यक्ति दिने मन्त्री यादवलाई पदमुक्त गर्न काँग्रेस महामन्त्रीको सुझाव

काठमाडौं माघ ८,
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई हिंसा भड्काउने अभिव्यक्ति दिएकाले पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने सुझाव दिएका छन ।

कोभिड संक्रमण भएपछि आइसोलेसनमा बसेका महामन्त्री शर्माले ‘मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति उपचारः ३ विकल्प’ भन्दै सामाजिक सञ्जालमार्फत् पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्ने सुझाव दिनु भएको हो ।

 शर्माले सुझाव दिँदै भनेका छन्,“स्यम् व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना वा सम्बन्धित दलद्वारा पहकदमी र राजीनामा वा पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्ने जिकिर सहित राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपले बढी जिम्मेवार हुनुपर्ने  र हिंसा भड्कावको अभिव्यक्ति जोसुकैबाट होस् स्वीकार्य हुनु नहुँने भन्दै विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नु नहुँने बताउनुभएको छ ।

मन्त्री यादवले गत बुधबार रौतहटको सदरमुकाम गौरमा आयोजित सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको ज्यान लिने धम्की दिएपछि उनको आलोचना हुँदै आएको छ ।