मङ्लबार, बैशाख २५, २०८१

सीसीएमसीको सर्कुलरपछि खोप केन्द्रमा खोप लगाउन सर्वसाधारणको चाप बढ्यो

 काठमाडौं  पुस २६ ,
काठमाडौं उपत्यका लगायत देशैभर पछिल्लो समय कोभिड संक्रमितको सख्या दिनानुदिन बढेसंगै आइतवार बसेको सीसीएमसीको बैठकले खोप नलगाएका व्यक्तिलाइ राज्यले प्रवाह गर्ने सार्वजनिक सेवा प्रवाह नहुने निर्णय गरेसंगै सोमवारबाट कोभिड विद्धको खोप लगाउने खोपकेन्द्रमा सर्वसाधारणको भीड बढेको छ।

सीसीएमसीको आइतबारको बैठकले सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल,रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड साथमा हुनुपर्ने र कोभिड खोप नलगाएका र खोप कार्ड नहुनेलाई माघ ३ गतेदेखि सार्वजनिक सेवा समेत प्रदान नगर्न सिफारिस गर्ने निर्णय सहितको सर्कुलर जारी गरेपछि सर्वसाधारणहरु खोप लगाउन केन्द्रमा खोप लगाउन पुगेको हो ।

पछिल्लो समय टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिसिल्ड, भेरोसेल र जोनसोन एण्ड जोनसोन खोप लगाउन थालिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31