बिहिबार, चैत्र १५, २०८०

ह्वात्तै बढ्यो कोभिड संक्रमित,१४ सय ४६मा संक्रमण ,२ को मृत्यु

काठमाडौं पुस २६ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर थप १४ सय ४६ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । देशभर ८ हजार ९६५ जनाको पीसीआर परीक्षणको क्रमम १हजार ३५७ जना र २ हजार ४६५ जनाको एन्टीजेन परीक्षणको क्रममा ८९ जना गरि कुल १४ सय ४६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त भएका छन भने यही अवधिमा थप २ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् भने यही अवधिमा थप २ जना संक्रमितको मृत्यु भएको छ ।

साथै आज पहिचान भएका नयाँ संक्रमितसंगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना पुगेको छ । त्यस्ते कोभिड संक्रमणका कारण मृत्यु हुनेका सख्या ११ हजार ६०६ पुगेको छ । त्यस्तै ६७ जना आइसीयू र १६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।