मङ्लबार, बैशाख १८, २०८१

राष्ट्रिय सभा निर्वाचनको लागि सत्तासाझेदारदलवीच सिट भागबन्डा कसको भागमा कति ?

काठमाडौं पुस १९,
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन लक्षित हुँदै सत्ता साझेदार दलको आज बसेको बैठकले आसन्न् राष्ट्रिय सभामा निर्वाचनका लागि सिट बाँटफाँट गरेका छन् ।

राष्ट्रिय सभा निर्वाचनको लागि निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन कार्यक्रम अन्र्तगत पुस २० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको कार्यक्रमलाइ दृष्टिगत गर्दै आज सत्तासाझेदार दलको बैठकले उम्मेदवारको सिट बाँटफाँट गरेको हो ।

१९ सिटमध्ये बाँटफाँटको क्रममा कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एस पार्टीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने भएका छन ।

त्यस्तै बैठकले रिक्त हुने सिटमा यसअघि जुन–जुनदलबाट सदस्यहरु थिए, त्यो सिटमा सम्बन्धित दलबाटै उम्मेदवार बनाउने सहमति समेत कायम गरेका छन ।