मङ्लबार, बैशाख २५, २०८१

झम्सीखेलमा खुल्यो अत्याधुनिक ‘अपटाउन लाउन्ज एण्ड क्लब’

ललितपुर १४ पुस ,
ललितपुर जिल्लामै पहिलोपटक पुस १५ गतेबाट अत्याधुनिक फेमिली लाउन्ज ‘अपटाउन लाउन्ज एण्ड क्लब’ सञ्चालनमा आउने भएको छ। कोभिड कहरका कारण सारा व्यवसाय ठप्प भएकै बेला युवा व्यवसायीको सामूहिक लगानीमा सञ्चालनमा आउन लागेको यस रेष्टुराँमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको स्वाद लिन पाईन्छ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक–फरक सांगितिक लाईभ कार्यक्रम समेत प्रस्तुत गरिने ‘अपटाउन लाउन्ज एण्ड क्लबका अध्यक्ष आदित्य मिश्रले बताए ।

त्यस्ते उहााले रेष्टुराँ दुनियाँमा फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्देश्यले नयाँ शैलीको रेष्टुराँ सञ्चालनमा ल्याउन लागेको बताउादै रेष्टुराँमा सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु समेत सञ्चालन गर्न सकनिे जनाएको छ ।

टेरेस रुम, भिआइपी रुम, लाईभ रुम, फेमेलि रुम लगायतको व्यवस्था रहेको यस रेष्टुराँमा ममोहक संगीतका साथै स्वदेशी तथा विदेशी खानाका पारखी केन्द्रीत हुँदै विहान एघार बजेदेखि राति २ बजेसम्म संचालनमा आउनेछ भने विहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु संचालन गरिने जानकारी दिइएको छ ।

त्यस्तै ‘विशेषगरी रेष्टुरेन्टमा क्रिस्पी चिकेन, चिकेन कोत्सो, पानको फ्राईड प्राउन, बेकन सिरिम्स रोल, क्रिम्सी मिनी रोल लगायतका फरक–फरक स्वादका खानाहरु उपलव्ध रहेको जानार िदिदै अध्यक्ष मिश्रले अपटाउन रेष्टुरेन्टमा ५ दर्जन बढीले प्रत्यक्ष रोजगारी समेत पाएको बताए ।

त्यस्तै नयाँ वर्षको अवसरमा ‘अपटाउन लाउन्ज एण्ड क्लब’ले विशेष अफरसहितका कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको जनाउ सहित पब र क्लबहरु दरबारमार्ग र ठमेलमा मात्र हैन अब झम्सीखेलमा पनि छ है भन्ने सन्देश दिन पनि ‘अपटाउन लाउन्ज एण्ड क्लब’को आइडिया फुरेको अर्का संञ्चालक गौरव जैनले बताए ।

नेपालको नमूना स्वरुपमा तयार गरिएको लाउञ्जमा लाईटिङ सिस्टम हाई टेक्नोलोजि काईनेटीक, आरजिवी स्टीप सहितका अत्याधुनिक तथा अहिलेसम्मकै नयाँ प्रविधि प्रयोग गरिएको छ । खेलप्रेमीहरुलाई समेत मध्यनजर गर्दै ३ वटा उच्च स्तरीय ठुलो पर्दाको एलईडि स्क्रीनको समेत व्यवस्था गरिएको छ । रेष्टुराँ सञ्चालनमा आइसके पनि औपचारिक उदघाटन भने केही दिनपछि गरिने मिश्रको भनाइ छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930