शुक्रबार, बैशाख ७, २०८१

नयाँ वर्षलाई स्वागत गर्दै आज गुरुङ समुदायले तमु ल्होसार’ पर्व मनाउदै

काठमाडौ पुस १५,
गुरुङ समुदायले आज आफ्नो पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको सम्वद्ध समुदायले जनाएको छ ।

त्यस्तै पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको सम्वद्ध समुदायका अगुवाहरुले बताएका छन । यद्यपी विगतका वर्षहरुमा तमु ल्होसार’ पर्वको अवसरमा सार्वजनिक स्थानमा अर्थात टुडिखेलमा मनाइने भव्य कार्यक्रम यस वर्ष कोभिड महामारीका कारण घरघरमै सिमित गरिएको अवस्था रहेको छ ।

यसैवीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिकोे पर्व ‘तमु ल्होसार’, किराँतको उधौली पर्व, ज्यापु समुदायको चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले जारी गर्नु भएको सन्देशमा सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गर्नुभएको छ । तमु ल्होसार’ पर्वको अवसरमा  सरकारले आज सार्वजनिक विदा  दिइएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930