शनिबार, बैशाख ८, २०८१

विहिवार सार्वजनिक विदा

काठमाडौ पुस १४,
सरकारले तमु ल्होसार पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गुरुङ समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा विहिवार अर्थात पुस १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै गृहको विज्ञप्तिमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनैतिक नियोगलाई पनि सार्वजनिक विदा दिइएको उल्लेख गरिएको छ ।