मङ्लबार, बैशाख २५, २०८१

मंगलवार ८ कम्युनिस्ट घटकले एमसीसी सम्झौता विरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काठमाडौ पुस ५,
एमसीसी सम्झौता राष्ट्रघाती भएको ठहर सहित निरन्तर प्रस्तुत सम्झौता कार्यान्वयन गर्न नहुने भदै सङ्घर्षरत  चित्र बहादुर केसी नेतृत्वको राजमो, मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी , सिपी मैनाली नेतृत्वको माले , सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा सहित विभिन्न आठ कम्युनिस्ट घटकले पुस ६ मंगलवार देशभर सशक्त विरोध सहितका कार्यक्रमको आयोजा गर्ने भएको छ ।

यी कम्युनिस्ट घटकको तर्फबाट जारी संयुक्त प्रेस विज्ञप्तिमा गएको मंसिर २८ गते नै संसद्‌बाट एमसीसी सम्झौता पारित गराउने नियतका साथ देउवा सरकारले कार्य योजना बनाएको भएपनि त्यस समयमा सपल हुन नसकेसंगै भोलीबस्ने संसद बैठकमा एमसीसी सम्झौता टेवलल गर्ने तयारी गरेको विरोधमा सशक्त विरोध सहितका कार्यक्रमको आयोजना गर्नु परेको उल्लेख गरिएको छ।

त्यस्तै सरकारले प्रस्तुत सम्झौता जुनसुकै अवस्थामा पनि पारित गराई लागू गर्ने योजना तय गरेका कारण त्यसलाई असफल बनाउन जन दवाव सिर्जना गर्नुको विकल्प नभएकाले घोषित आन्दोलनमा सहधागिताको लागि सवैमा आव्हान समेत गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930