शनिबार, बैशाख ८, २०८१

भक्तपुरमा पहिलो पटक फुटबलको जिल्ला लिग हुने

भक्तपुर पुस ५,
भक्तपुरमा पहिलो पटक फुटबलको जिल्ला लिग हुने भएको छ । भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा यही पुस १० देखि २८ गतेसम्म जिल्ला लिग हुन लागेको हो ।अखिल नेपाल फुटबल संघ -एन्फा को बार्षिक कार्यक्रम अन्तर्गत भक्तपुरमा पहिलो पटक जिल्ला लिग हुन लागेको सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

लिगमा जिल्लाका १४ वटा क्लवको सहभागिता हुनेछ । लिगकम नकाउटको आधारमा हुने प्रतियोगितामा सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येका समूहमा शिर्ष दुई स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । लिगका खेल मध्यपुर थिमिको सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा हुने संघका कोषाध्यक्ष निलेष आचार्यले जानकारी दिए ।

प्रतियोगितामा सहभागी १४ टोली मध्ये समूह ए मा जनप्रेमी स्पोर्टस क्लब, दिव्येश्वरी क्लव, लोकन्थली एफसी, वृहस्पति युवा क्लव, मध्यपुर जागरुक युवा क्लव, भक्तपुर युनाइटेड एफसी र समृद्ध नेपालको लागि युवा समाज रहेका छन ।
त्यस्तै समूह बी मा दिव्येश्वरी युथ समाज, मध्यपुर युनाइटेड एफसी, ठिमी युथ क्लव, विश्व विनायक एफसी, वेलफेयर स्पोर्टस क्लब, बालकोट ब्वाइज, सत्य संसार, भक्तपुर युनाइटेड एफसीको सहभागिता रहेको छ ।

प्रतियोगिता सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरेको जानकारी दिँदैं लिग संयोजक एवम् संघका वरिष्ठ उपाध्यक्ष अनिल हेकाले लिग सञ्चालनको लागि करिव ८ लाख ५० हजार खर्च हुने अनुमान गरिएको बताए । लिगमा विजेता र उपविजेतालाई नगद पुरस्कारको व्यवस्था गरिएको संघका अध्यक्ष किशोर हेकाले बताए । उनका अनुसार हाल विभिन्न संस्थासँग प्रायोजनको बारेमा छलफल भइरहेकाले नगद पुरस्कारको राशी घोषणा नगरिएको जानकारी दिए ।