बुधबार, बैशाख २६, २०८१

कांग्रेसको महाधिवेशन: उद्घाटन सत्रमा आफुलाइ सभापतिमा निर्वाचित गराउन पार्टी सभापति देउवाको आग्रह

अवको केहि समय पछिनै बन्द सत्र सञ्चालन हुँने, शनिवारबाट निर्वाचनको प्रक्रिया सुरु हुने ​

काठमाडौं मंसिर २४ ,
​उत्साह, एकता, रूपान्तरण स् सफल बनाऔं नेपालीको कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नारा सहित नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट विधिवत शुभारमभ भउको महाधिवेशनको उदेघाटन सत्रलाइ सम्बोधन गर्दै पार्टीसभापति एवम् प्रधानमन्त्री शेरवहादुर देउवाले जारी महाधिवेशनबाट पुन आफुलाइ सभापतिमा निर्वाचित गराउन आग्रह गर्नुभएको छ ।

 साथै  उहाँले आफु निर्वाचित भएसंगै हुने स्थानीय तहको निर्वाचन ​देखि प्रदेश सघको निर्वाचनमा समेत काँग्रेसलाइ निर्वाचित गराउँने आफ्नो जिम्मेवारी भएको बताउनुभयो । त्यस्तै उहाँले जुन दिन काँग्रे नेतृत्वको सरकार बन्छ त्यहि दिनबाट मुलुकमा सुसासन कायम हुनुको बताउनुभयो । त्यस्तै पछिल्लो समय आफु नेतृत्वको गठबन्धन सरकार बनेसंगै जनताले ओलीको शासनबाट मुक्ति पाएको समेत बताउनुभयो ।

यसअघि पार्टीका नेताहरु शुनिल बहादुर थापा ,  डा. प्रकाशशरण महत, विजय गच्छेदार विमलेन्द् निधि , डा शशांक कोइराला, सीतादेवी यादव,पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला.  वरिष्ठ नेता रामचन्द् पौडेल लगायतका नेताहरुले समेत सम्बोधन गर्नुभएको थियो ।

काँग्रेस महाधिवेशनको उद्घाटनसत्रको समापन लगत्तै बन्दसत्र आजदेखि नै सुरु हुने भएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुने जानकारी दिनुभयो  ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930