मङ्लबार, बैशाख २५, २०८१

यस्तो छ काँग्रेस महाधिवेशन केन्द्रीत नेपाल प्रहरीको उपत्यकाको सुरक्षा प्रबन्ध र ट्राफिक व्यवस्थापन

काठमाडौँ मंसिर २४ ,
नेपाली काँग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । नेपाल प्रहरीका अनुसार महानगरीय प्रहरी कार्यालयको नेतृत्वमा महाधिवेशन केन्द्रीत उपत्यकामा सुरक्षा प्रबन्ध मिलाइएको जनाउदै यसको लागि सादा पोशाकका प्रहरी परिचालनसंगै पाँच हजार बढी प्रहरी परिचालन गरिएको जनाएको छ।

राजधानी लगायत आसपासका क्षेत्रमा थप सिसीक्यामेरा जडान संगै प्रतिनिधि बस्ने सुन्धारा, ठमेललगायत ठाउँमा समेत चौबीसै घण्टा सुरक्षाकर्मी रहने गरी व्यवस्थापन गरिएको जनाएको छ ।

भिभीआइपी र भिआइपीको रुटमा छुट्टै सुरक्षा प्रबन्ध गरिएको जनाएको छ । त्यस्तै महाधिवेशनको उद्घाटनसत्रको क्रममा हुनसक्ने सवारी चापलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक व्यवस्था मिलाएको महाशाखाले जानकारििदएको छ।

साथै सवारीको चाप हेरेर आवश्यकतानुसार सवारी रुटको डाइभर्सन हुने जानकारी सहित तत्काललाइ पद्मोदय मोड, कमलादी मोड, सभागृहमोड, सिंहदरबार चोक र माइतीघरबाट ट्राफिक डाइभर्सन गरेको छ । त्यस कार्यका लागि १८ ट्राफिक प्रहरी खटाइएको छ । टुँडिखेल वरपर अत्यधिक सवारी साधनको चाप भएमा भने त्रिपुरेश्वर चोक, बालाजु चोक, नारायणगोपाल, कलङ्की, बल्खु, जावलाखेल, तीनकुने र गौशाला चोकबाट नै डाइभर्सन गर्ने गरी सुरक्षा योजना बनाइएको जनाउदै महाशाखाले झण्डावाला, पार्टी अध्यक्षहरू र विदेशी पर्यवेक्षकका सवारी साधनका लागि भृकुटीमण्डपको सभाहल पछाडि र भिआइपीका सवारी साधन राष्ट्रिय सभागृहमा महाधिवेशन प्रतिनिधिका सवारी साधन खुलामञ्चमा र वैकल्पिक पार्किङका रूपमा विश्वभाषा क्याम्पसलगायत आसपासका खुला क्षेत्रलाइ निर्धारण गरिएको जानकारी दिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930