मङ्लबार, बैशाख २५, २०८१

समृद्ध मुलुक निर्माणका र संविधानको रक्षाका लागि एमालेको एकल बहुमत आवश्यक : अध्यक्ष ओली

काठमाडौं मंसिर १०,

 नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनशका पार्टीका अध्यक्ष केपी ओलीले उद्घाटन गर्नुभएको छ । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र विदेशका विभिन्न पार्टीका प्रतिनिधिको समेत उपस्थिति रहेको छ।

राष्ट्रिय झण्डा, पार्टीको निर्वाचन चिह्न (सूर्य) र कम्युनिष्ट पार्टीको हँसिया हथौडा अङ्कित झण्डा फहराएर उद्घाटन गरिएको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले आफ्नो नेतृत्वको सरकारले ताजा निर्वाचनमा जान गरेको प्रस्तावलाई त्यसबेला अन्य दलले स्वीकार नगरे पनि अब चाँडै मुलुक निर्वाचनमा जाने भएकाले त्यसको तयारी गर्दै एमालेलाइ समृद्ध मुलुक निर्माणका लागि एमालेलाइ बहुमत दिदै जनप्रिय पार्टीको रुपमा चुन्ने दिन आउँदै गरको बताउनुभएको छ।

त्यस्तै उहाँले समृद्धि, सार्वभौमिकता, लोकतन्त्र र संविधानको रक्षाका लागि एमालेको एकल बहुमत आवश्यक रहेको जिकिर गर्दै सानातिना अन्तरविरोधमा नअल्मिएर देश निर्माणका भावना र उचाइका आधारमा अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

त्यस्तै एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी विभिन्न पार्टीका शीर्ष नेताले शुभकामना दिने क्रममा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले कम्युनिष्ट पार्टीको बीचमा मतभेद र तीक्तता भए पनि सहकार्य आवश्यक रहेको बताउँदै राष्ट्रिय हितका विषयमा सबै एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादव , लोसपाका अध्यक्ष महन्थ ठाकुर । राजमोका अध्यक्ष चित्रबहादुर केसी , राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा लगायतका नेताहरुले शुभकामना दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031