बुधबार, बैशाख १२, २०८१

देश र जनतासँग जोडिएका मूल मुद्दाहरूमा समान धारणा सहित संवाद सहकार्यको विकल्प छैन:  प्रधानमन्त्री देउवा

काठमाडौं मंसिर १०,

नेकपा एमालेको आजबाट शुरु भएको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संसदीय शासन, पद्धतिको मर्मअनुसार १०औँ महाधिवेशन आयोजना गर्ने नेकपा एमालेलाई बधाइसंगै महाधिवेशनको पूर्ण सफलताको कामना सहित देश र जनतासँग जोडिएका मूल मुद्दाहरूमा समान धारणा सहित संवाद सहकार्यको विकल्प नभएको बताउनुभएको छ ।

त्यस्तै उहाँले संविधानत व्यवस्था भएको पद्धति सर्व स्वीकार्य भएको भन्दै संविधानको संस्थागत गर्न जिम्मेवारी सबै दल भएको पक्ष प्रति हेक्का राख्न आग्र गर्दै नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न उतारचढाव पार गर्दै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हामी सफल भएका हौँ ।” सबै मिलेर संविधानसभाबाट नयाँ संविधान बनाएको स्मरण गराउँदै उहाँले यसलाई संस्थागत गर्न जिम्मेवारी सबै दलहरूमा रहेको बताउनुभयो ।

त्यस्तै उहाँले कोभिड प्रताडित नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएकै कारण सबैको साथ र सहयोगले लक्ष्य हासिल गर्न सफल भएको बताउनुभयो । त्यस्तै नेपाली नागरिकको रक्षाका लागि मित्रराष्ट्र, दातृ संस्थाहरूबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै उहाँले संविधानको भावनाअनुरुप देशमा सुशासन, सद्भाव, समृद्धि कायम गर्न आफ्नो पार्टी पद्ध्रतिबद्ध रहेको र यसै परिवेशमा आफे नेतृत्वमा रहेको वर्तमान सरकार क्रियाशील रहेको भन्दै जनतालाई केन्द्रमा राखेर राखेर साझा धारणा सहित सबै राजनैतिक दलहरूसँग सहकार्यका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।