शुक्रबार, बैशाख १४, २०८१

माओवादीको शनिवार हुने ७५३ वटा स्थानीय तहको अधिवेशनलाइ अध्यक्ष प्रचण्डले भर्चुअल सम्बोधन गर्ने

काठमाडौं मंसिर १०,
आगामी आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनमनको तयारीमा रहेका सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । पालिकासम्मेलनलाई शनिबार अध्यक्ष प्रचण्डले भर्चुअल’ माध्यमबाट दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

गत मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन गरिसकेका माओवादी केन्द्रले पालिकाको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाउँदै पालिका तहको अधिवेशनबाट पार्टीगत संरचनाको थय आयाम कोर्ने जनाएको छ ।