शुक्रबार, बैशाख ७, २०८१

पछिल्लो २४ घण्टामा २७० संक्रमितको पहिचान हुँदै गर्दा ३०२ जना संक्रमण मुक्त

काठमाडौं मंसिर १०,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २७० जना कोभिड संक्रमण पुष्टि भएको जनाएकोछ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८२९ पीसीआर र २ हजार ६१७ जनाको एन्टीजेन परीक्षणका क्रममा उल्लेखित सख्यामा संक्रमित पहिचान भएको हो ।

त्यस्तै मन्त्रालयले आज पहिचान भएका संक्रमित संगै नेपालमा कुल संक्रमितको संख्या ८ लाख २० हजार ५२७ जना पुगेको र यसमध्ये ७ हजार २८७ जनामा सक्रिय संक्रमण रहेको जनाएको छ। साथै यसवीचमा ३०२ जना संक्रमित संक्रमण मुक्त भएसंगै देशभर निको हुनेको संख्या ८ लाख १ हजार ७२२ पुगेको जानकारी दिएको छ।

त्यस्ते वितेको २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको र योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको जानकारी दिदै पछिल्लो समय १७५ जनाको आइसीयू र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031