मङ्लबार, बैशाख २५, २०८१

ओसिएको महासभामा भाग लिन एनओसी अध्यक्ष श्रेष्ठ दुवई प्रस्थान

काठमाडौं मंसिर ३,
यूएईको दुवईमा आयोजना हुने ४० औं ओलम्पिक काउन्सिल अफ एशिया [ओसिए] को महासभामा भाग लिन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा संघीय संसदका सदस्य जिवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ दुवई प्रस्थान गरेका छन् ।

 आइतबार आयोजना हुने ओसिएको महासभामा विभिन्न देशका शहरहरुमा आयोजना हुने आगामी एशियाली खेलहरुका बारेमा छलफल तथा प्रस्ततिकरण हुने जनाइएको छ । ४० औं महासभामा चिनको ह्याङझाउमा सन २०२२, जापानको आइची–नागोया २०२६, कतारको दोहा २०३० र साउदी अरवको रियाद २०३४ मा हुने एशियाली खेलका आयोजकहरुले प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ भने महासभामा एशियामा ओलम्पिक आन्दोलनका बारे समेत विशेष छलफल हुने एनओसीका महासचिव श्रेष्ठले बताउनु भएको छ ।

त्यसै गरी महासभामा २०२२ मा अन्य दुई खेलहरूको आयोजकहरूबाट प्रगति प्रतिवेदनका बारे समेत छलफल हुने छ । आगामी मार्चमा बैंकक र चोनबुरीमा छैठौं एसियाली इन्डोर र मार्सल आर्ट खेलहरू र डिसेम्बर २०२२ मा चीनको शान्ताउमा तेस्रो एसियाली युवा खेलहरू आयोजना हुँदैछन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031