शनिबार, बैशाख ८, २०८१

सुन जस्तो देखिने पहेलो अर्धठोसपदार्थ सहित सहनी र चौधरी पक्राउ

काठमाडौं मंसिर ४ ,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङएरियाबाट करिब २ हजार १ सय ७० ग्राम तौलको सुन जस्तो देखिने पहेलो रंगको अर्धठोसपदार्थ सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा मिर्चैया नगरपालिका १२ ठेगाना भएका २६ वर्षीय सरोज सहनी र दाङ दंगिशरण गाउँपालिका ६ ठेगाना भएका ३० वर्षीय सिताराम चौधरी रहेको प्रहरीले जनाएकोछ ।

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तद्दयले नेपाल एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्दा भित्रीबस्त्रको अगाडिको भागमा फल्स बटम बनाई भन्सार छली गरी लुकाई लैजान लागेकोअवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै सरोजको साथबाट करिब १ हजार ८५ ग्राम र सितारामको साथबाट करिब १ हजार ८५ ग्राम पदार्थ फेला परेको जनाउदै निजहरुसंगबाट बरामद अर्धठोस सुन सहित आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।