मङ्लबार, बैशाख १८, २०८१

निःशुल्क मधुमेह परीक्षणका लागि समाजलाइ महानगरको १० लाख अनुदान

काठमाडौं मंसिर २,
काठमाडौं महानगरले नेपाल मधुमेही समाजलाई १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । विश्व मधुमेह दिवस २०२१ को अवसरमा भएको उक्त अनुदान सम्झौता मुताविक समाजले जेष्ठ नागरिकहरुको निःशुल्क मधुमेह परीक्षण मधुमेह सम्बन्धी हाते पुस्तिका प्रकाशनसंगै महानगरको सहरी स्वास्थ्य क्लिनिकका प्राविधिकहरुलाई मधुमेह र रक्तचाप परीक्षण सम्बन्धी १ दिने तालिम र जनप्रतिनिधि तथा कर्मचारी गरी २ सय जनालाई मधुमेह सम्बन्धी प्रशिक्षण दिने लगायतका कार्यक्रम रहेको छ ।

त्यस्तै अनुदान सम्झौता कार्यक्रममा वोल्दै महानगर प्रमसख विद्यासुन्दर शाक्यले पछिल्लो समय सहरका घर घरमा मधुमेहका विरामी भएकोले यसबाट हुने जोखिम घटाउन सबै सजग हुनु पर्ने बताउँदै महानगरवासीलाइ सहज सरल रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न सको]स भन्दै यस किसिमको सहयोग महानगरले गरेको बताउनुभयो ।

साथै उहाँले सबै काम महानगर एक्लैले गर्न नसक्ने बताउँदै यसहघि पनि महानगरले मिर्गौला बचाउन  अभियान सञ्चालन गर्दै नेपाली सेनासँगको सहकार्यमा   निःशुल्क डायलायसिस सेवा  सञ्चालनमा रहेको त्यस्तै नेपाल प्रहरीसँग पनि त्यस्तै किसिमको सहकार्य गर्दै गरेको जानकारी दिनुको अलावा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनको अतिरिक्त सरकारी र सामुदायिक अस्पतालको क्षमता बढाउन आर्थिक सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

आज भएको सम्झौता अनुसार मधुमेहका बारेमा सहरबासीले जानकारी पाउनेछन् । निःशुल्क परीक्षण गर्न पाउनेछन् । भन्दै उहाँले, रोग लागेपछि उपचार पाउनुभन्दा रोग लाग्नै नदिनेतर्फ प्रगति हुने आशा मसेत व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा समाजका अध्यक्ष श्रेष्ठलगायतले मधुमेही समाजको गतिविधीका विषयम जानकारीदिनु भएको थियो ।