मङ्लबार, बैशाख १८, २०८१

महाधिवेशन प्रक्रिया शुरु हुन नसकेका १३ जिल्लामा कांग्रेसले आजबाट वडा अधिवेशन शुरु गर्दै

काठमाडौं कात्तिक २७,
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मंसिर २४ देखि २६ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अनुरुप क्रियाशील सदस्यता र समायोजनमा विवादका कारण महाधिवेशन प्रक्रिया शुरु हुन नसकेका १३ जिल्लामा कांग्रेसले आजबाट वडा अधिवेशन शुरु गर्ने भएको छ। यसअघि ६४ जिल्लाहरुमा अधिवेशन प्रक्रिया शुरु गरेको थियो । जसमध्ये तराई र पहाडका जिल्लाहरुमा वडा र गाउँ र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् । ५१ जिल्लाहरुमा वडा र स्थानीय तहको अधिवेशन समेत सम्पन्न भइसकेका छन । त्यस्तै हिमालका १३ जिल्लाहरुमा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वको चयन समेत भइसकेका छन ।

त्यस्तै कांग्रेसले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेका ५१ र वडा अधिवेशन शुरु नभएका १३ जिल्लाहरुमा एकसाथ प्रदेशसभा अधिवेशन गर्ने तयारी गरेको छ ।

१३ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भइसकेपछि आगामी ६४ जिल्लाहरुमा एकसाथ प्रदेशसभा अधिवेशन शुरु गरिने कांग्रेसको कार्यतालिका सार्वजनिक गरेका छन । कार्यतालिकाअनुसार मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने भएको छ । यस सम्मबन्धमा थप नितिगत निर्णय आइतवार बस्ने केन्द्रीय समितिको बैठकले गर्ने भएको छ।