शुक्रबार, चैत्र १६, २०८०

लाखसहित जुवाखालमा बौद्ध प्रहरीको छापा, रु ५ लाखसहित आठ जुवाडे पक्राउ

काठमाडौँ कात्तिक २७
काठमाडौँको गैरीगाउँस्थित जुवाको खालबाट रु ५ लाखसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट परिचालित प्रहरी टोलीले गए राति उनीहरुलाई पक्राउ गरिएको हो । कौडाको खालबाट रु पाँच लाख ११ हजार ५०० नगदसमेत बरामद गरिएको परिसरले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । उनीहरुको विषयमा प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ ।