मङ्लबार, बैशाख १८, २०८१

एमालेको १० औँ महाधिवेशनको मुलनारा सार्वजनिक

   डिजिटल माध्यमको प्रयोगमा विशेष जोड संगै १० औँ महाधिवेशनमा कपडाको ब्यानर र भित्तेलेखन नगर्ने

काठमाडौं कात्तिक २६,
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुने १० औं महाधिवेशनको जानकारी दिन आज राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको नारा सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा रहेको छ । त्यस्तै यसअघि पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले यसपटक महाधिवेशन प्रचारप्रसाको क्रममा कपडाको ब्यानर र भित्तेलेखन नहुने बताउनुभयो । त्यस्तै उहाँले दशौं महाधिवेशनमा वेबसाइट, फेसबुक पेज लगायत डिजिटल माध्यमको वढि भन्दा वढि प्रयोग गरिने जानकारी दिनुभयो ।