शुक्रबार, चैत्र १६, २०८०

सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीको धर्ना, अदालत क्षेत्र तनावग्रस्त

काठमाडौं कात्तिक २६,

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै शुक्रबार बिहानदेखिनै सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीहरुले धर्ना दिइरहेका छन ।

बिहीबर सर्वोच्च परिसरमा प्रहरी र कानुन व्यवसायीहरुबीच भएको झडप पछि कानुन व्यवसायी थप आक्रोशित हुँदै प्रधानन्यायाधीश जबरालाई आज सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरे अनुरुप धर्नामा बसेको हो ।

तर कानुन व्यवसायीहरुको अवरोधका बीच प्रधानन्यायाधीश जबरा नियमित छिर्ने गेटभन्दा फरक गेटको प्रयोग गर्दै जबरा सर्वोच्च प्रवेश प्रवेश गरेका छन । त्यस्तै प्रधानन्यायाधीशको प्रवेशमा रोक लगाउन आन्दोलनकारी धर्नामा बसेसंगै सर्वोच्च आसपासमा सशस्त्र प्रहरीको परचालन संगै सुरक्षा व्यवस्था कडा पारिएको छ।