मङ्लबार, बैशाख २५, २०८१

पछिल्लो २४ घण्टामा देशभर थप १३९ जनामा कोभिड संक्रमण

काठमाडौं कात्तिक २०,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप १३९ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। २ हजार १ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा १२८ जना र १ हजार ७ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १३९ जनामा कोभिड संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले यस अवधिमा संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ३९६ जना संक्रमित कोभिड मुक्त भएको जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३९ पुगेको छ। कोभिड मुक्त हुनेको संख्या ७ लाख ९४ हजार ८३४ पुगेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031