बिहिबार, बैशाख १३, २०८१

इंडिया फाउंडेशनको निमन्त्रणामा पूर्व मन्त्री ढकाल भारत प्रस्थान

काठमाडौं कार्तिक २० ,
नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकाल भारत प्रस्थान गर्नु भएको छ। इंडिया फाउंडेशनको निमन्त्रणामा कार्तिक २१९२३ सम्म बिहारको नालन्दा विश्वबिद्यालयमा आयोजित बिशेष सभामा ढकालले सम्बोधन गर्ने कार्यक्रम रहेको प्राप्त जानकारीमा उल्लेख गरिएको छ ।

त्यस्तै भारतका महामहिम उपराष्ट्रपति  एम.वेंकैया नायडुले उद्घाटन गर्ने उक्त सम्मेलनमा कोभिड १९ पश्चातको विश्व व्यबस्थाको बारेमा भारत र विश्वका प्रशिद्ध व्यक्तित्वहरुले सम्बोधन गर्नु हुने बुझिएको छ ।

त्यस्तै सम्मेलनलाइ बिहारका राज्यपाल फागु चौहान र मुख्यमन्त्री नितिश कुमारले पनि उद्घाटन सत्रमा सम्बोधन गर्नु हुने छ। पूर्व मन्त्री ढकाललको भ्रमण दलमा परिवार दलका प्रबक्ता सन्तोष पौडेल र दक्षिण एशिया मामिलाका संयोजक कृष्ण अधिकारी लगायतको सहभागीता रहेको छ ।